समाचार

कोरोना महामारी नियन्त्रणकाबारेमा थप निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बोलाइएको हो । आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा ....

एसबिआई रेमिटको साथी चिनाऔं भन्ने ३ महिने योजना घोषणा, एक हजार उपहार दिने

टोकियो । जापानबाट संसारभर रेमिट्यान्सको काम गर्दै आएको एसबिआई रेमिटले नेपालको लागि साथीलाई नयाँ रेमिट साथी चिनाऔं भन्ने ३ महिने योजना ल्याएको छ । बिगत १ दशक अघिबाट अनबरत न्यूनतम ....

निषेधाज्ञामा पत्रकारलाई अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने

काठमाडौँ । पत्रकारहरुलाई निषेधाज्ञामा समाचार संकलनको लागि अब सूचना विभागको प्रेस पास अनिवार्य चाहिने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिँड्न दिने ....

कोरोना कहर : जापानको बेरोजगारी दर ११ वर्षमा पहिलो पटक बढ्यो

टोकियो । आर्थिक बर्ष २०२० मा जापानको औसत रोजगारी उपलब्धता अनुपात झन्डै आधा शताब्दीमा सबैभन्दा ठूलो गिरावट आएको छ । बेरोजगारी दर ११ वर्षमा पहिलो पटक बढेको छ जसले कोरोना ....

त्रिभुवन विमानस्थल जम्मा भएका यात्रुहरु……

त्रिभुवन विमानस्थल आन्तरिक टर्मिनलबाट विभिन्न ठाउँमा जानको लागि जम्मा भएका यात्रुहरु कोरोनाका कारण उपत्यकाबाट बाहिर जाने यात्रु बसहरु बन्द गरे पछि महङ्गो भाडा तिरेर पनि काठमाडौँ छोड्न बाध्य छन । ....

अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीबाट संचालन गर्ने सीसीएमसीको निर्णय

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सीसीएमसी) ले अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गराउने निर्णय गरेको छ । केन्द्रको शनिबार बसेको बैठकले ....

कोरोना संक्रमण जटिल बन्दै गएपनि आतंकित हुने अवस्था छैनः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना संक्रमण जटिल बन्दै गए पनि आतंकित हुने अवस्था भने नरहेको स्पष्ट पारेका छन् । शनिबार भिडियो सन्देश जारी गर्दै मन्त्री त्रिपाठीले ....

आइतबारदेखि उपत्यकामा थप कडाइ गरिने

काठमाडौं ।भोलि (आइतबार) देखि निषेधाज्ञा थप कडाइ गरिने भएको छ । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाइ गर्ने ....

कोरोना संक्रमित बढेपछि काभ्रेमा पनि निषेधाज्ञा जारी

काभ्रे । कोरोना संक्रमण दैनिक वृद्धि हुन थालेपछि काभ्रेका केही स्थानमा निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा दैनिक ५० जनाको हाराहारीमा कोरोना संक्रमण पुष्टि हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले ....

सरकार कोरोना संक्रमितको उपचार गर्नबाट पन्छिन खोज्नु आपत्तिजनकः चिकित्सक संघ

काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना संक्रमितको उपचारबाट सरकार पन्छिएको भन्दै आपत्ति जनाएको छ । संघले शनिबार विज्ञप्ति जारी गरी स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमितको लागि बेड अभाव रहेको र स्वास्थ्य ....

कोरोना संक्रमण पुष्टि भएपछि नर्भिक अस्पतालमा झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ....

पुरै बर्ष दिन सत्ता द्वन्द्वमा बिताउने, अहिले आएर ‘बेड छैन’ भन्ने ?

काठमाडौं । नेपाली कांग्रेसले कोरोना महामारी बढेको बेला सरकारले ‘बेड छैन’ भन्नु लाचारी र लज्जास्पद भएको बताएको छ । शनिबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी युद्धस्तरमा समाधान खोज्नुपर्नेमा ....

नेपालगञ्जमा तीन सङ्क्रमितको मृत्यु

काठमाडौं ।नेपालगञ्जस्थित अस्पतालमा भर्ना भएका थप तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुष,४ निवासी ५८ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४६ ....

वाग्मती सफाइ महाभियान जारी

कोरोना भाइरस (कोभिड–१९)बाट बच्न जारी निषेधाज्ञाबीच तीन स्थानमा वाग्मती सफाइ महाअभियानको ४१६औँ हप्ताको सफाइ गरिएको छ । पशुपति क्षेत्रस्थित वाग्मती किनार, शङ्खमूल क्षेत्र र गोठाटार पुल क्षेत्रमा गरी तीन स्थानमा ....

सङ्क्रमणदर बढ्यो , रोकथाम फितलो

कैलालीमा पछिल्लो समय कोरोन सङ्क्रमणको दर दिनप्रतिदिन तीब्र हुँदै गएको छ । जिल्लाका स्थानीय तहले बिरामी व्यवस्थापनका लागि तयारीका काम पनि द्रुत रुपमा अगाडि बढाएका छन् । पहिलो चरणको सङ्क्रमण ....