समाचार

जापानमा कोरोना संक्रमण झनै बढ्यो, शनिबार २६८४ जना संक्रमित थपिए

टोकियो । जापानमा शनिबार थप २६८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नोभेम्बर २८ तारिखको रिपोर्ट अनुसार एकैदिन जापानभर २ हजार ६ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि ....

इथियोपियाली शरणार्थीलाई सहयोग गर्न सुडानलाई १५ करोड डलर आवश्यक

इथियोपियाको द्वन्द्वग्रस्त टाइग्रेबाट सुडान आएका शरणार्थीको व्यवस्थापनका लागि १५ करोड अमेरिकी डलर आवश्यक परेको राष्ट्र संघका शरणार्थी मामिला प्रमुख फिलिपो ग्रान्डीले शनिबार बताएका छन् । इथियोपियाको संघीय बल तथा यस ....

देशमा अस्थिरता चाहनेले जनता भड्काउन थालेः मन्त्री भट्ट

धनगढी । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिलेकै सरकारले समृद्धिको यात्रा तय गर्ने बताएका छन् । शनिबार कैलालीको लम्कीचुहामा लम्की–टीकापुर–खक्रौला सडकको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतका सरकारभन्दा अहिलेको ....

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने विश्वास

काठमाडौं । चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहेको आइतबार हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने ....

देशको राष्ट्रिय झण्डा बोक्नेहरू दलाल हुने कसरी ?

नारायण गाउँले । पार्टीका आयातित झण्डा बोक्नेहरू जनता हुने तर देशको राष्ट्रिय झण्डा बोक्नेहरू दलाल हुने चाहिँ कसरी हुन्छ र ? तपाईं हामीलाई यिनको माग र नारा मन नपर्न सक्छ, ....

एसियाली मुलुकमध्ये नेपाल भ्रष्टाचारमा सबैभन्दा अगाडि देखिनु दुःखदः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले ‘भ्रष्टाचारीको अनुहार नहेर्ने’ प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न आग्रह गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी वर्तमान सरकार बनेपछि मुलुकमा भ्रष्टाचार व्यापक ....

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीद्वारा प्रस्तुत प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा जवाफी प्रस्ताव पेस गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले जवाफी ....

थप १३८० मा कोरोना पुष्टि, १९ को मृत्यु, ५१५ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १ हजार ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ३८० जनामा कोरोना ....

अब उपसभामुख चयन र संवैधानिक आयोगहरुलाई पूर्णता दिनुपर्छः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन् । संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्याउन नसकेको उनको भनाइ छ । काठमाडौंको ....

चिनीयाँ रक्षामन्त्री वेई भोलि नेपाल आउने

काठमाडौ । चिनीयां जनमुक्ति सेनाका कमाण्डर तथा रक्षा मन्त्री स्टेट काउन्सिलर वेई वेइ फेङ्गे भोलि नेपाल आउने भएका छन । एक दिने नेपाल भ्रमणमा आउन लागेका वेई चीनका बरिष्ठ अधिकारी ....

विश्वमा ४ करोड २७ लाख भन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड २७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ९६ हजार ८ सय भन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ....

जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु,चालक फरार

जाजरकोट । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चार जनाको मृत्यु भएको छ । आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ गइरहेको रा १ ज ....

रुसका चार लाख कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइने

रुसका चार लाख सैन्य कर्मचारीलाई कोरोनाभाइरस विरुद्धको खोप दिने तयारी भएको छ । रक्षा मन्त्री सेर्गेइ शोइगुले देशका सैन्य कर्मचारीहरुलाई खोप दिने योजना बनाइएको बारेमा शुक्रबार जानकारी दिएका छन् । ....

सतर्कता अपनाएर पर्यटकीय गतिविधि चलायमान बनाउनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को महामारीका बीच स्वास्थ्य सतर्कता अपनाएर पर्यटनलाई चलायमान बनाउनुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को साधारणसभा तथा ११औँ अधिवेशनको शुक्रबार उद्घाटन गर्दै ....

नेकपा सचिवालय बैठकका लागि प्रम ओलीको जवाफ तयार

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बस्ने सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गरेका छन् । प्रधानमन्त्री ओलीले ....