समाचार

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी नयाँ कानुन निर्माण

बंगलादेशमा कानुन संशोधन गरी बलात्कारको अपराधमा अधिकतम सजायका रूपमा मृत्युदण्ड दिन सकिने प्रावधान राखिएको छ । सरकारले सोमवार यस विषयमा औपचारिक निर्णय गरेको हो । बीबीसी बाङ्ग्लासँग कुरा गर्दै कानुनमन्त्री ....

राजधानीका सुविधासम्पन्न अस्पताल नै विपन्नहरूको पहुँच बाहिर ! २ वर्ष पछिको अप्रेसन मिति पर्खिंदै…..

राजधानीका सुविधासम्पन्न अस्पताल र राम्रो उपचार पद्धति विपन्नहरूको पहुँच भन्दा बाहिर छ । अहिले पनि झण्डै एक हजार विपन्न नागरिक त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा एकदेखि दुई वर्ष पछिको ....

काठमाडौंमा होटलमा बसेर नक्कली मह बनाउँदै बेच्दै

काठमाडौं । सोमबार बिहान गोङ्गबु मित्रनगरमा नक्कली मह बनाउने सामान फेला पर्यो । होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउने सामान थिए ....

समाजसेवी कुँवरको संयोजनमा मौलिक बाजा संरक्षणमा लागेकालाई राहत

काठमाडौं । मौलिक पहिचानको पञ्चेबाजा एवं नौमती बाजाको संरक्षणमा लागेका कोरोना पीडित महिला समूहलाई राहत वितरण गरिएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनका कारण गत चैतदेखि ....

बागलुङमा ९८ फरार अभियुक्त पक्राउ

बागलुङ । बागलुङ प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ । पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विभिन्न मुद्दामा ....

काभ्रेका महाभारत र चौरीदेउराली गाउँपालिका दुर्गमको सूचीमा

जिल्लाको विकट क्षेत्र डाँडापारिस्थित महाभारत र कोशिपारिको चौरीदेउराली गाउँपालिका अब दुर्गम क्षेत्रको सूचीमा सूचीकृत भएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यही असोज ११ गते पारित भएको राष्ट्रपति ....

विश्वमा एकैदिन दुई लाख ३३ हजार मानिस कोरोना संक्रमण मुक्त

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १० लाख ८१ हजार ४ सय १९ पुगेको छ । विश्वका कोरोना सङ्क्रमितमध्ये २ करोड ८३ लाख ४७ हजार ....

नेपालमा कोरोना संक्रमणबाट एकैदिन २९ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन आईतवार २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अस्पतालहरुबाट प्राप्त विवरणअनुसार काठमाडौंका ५, सुनसरी र रुपन्देहीका ४/४, चितवनका ३, ....

पूर्व गाविस अध्यक्षदेखि प्रअसम्म स्वास्थ्य चौकीको क्वारेन्टाइनमा वडा अध्यक्षको दारुपाटी(भिडियोसहित)

मन्थली । रामेछापको मन्थली नगरपालिका–२ कठजोरका वडा अध्यक्ष तरणीशंकर अधिकारीले क्वारेन्टीनमै दारुपाटी दिएका छन् । अष्ट्रेलीयाबाट हालै नेपाल आएर क्वारेन्टीनमा बसिरहेका वडा अध्यक्ष अधिकारीले आफ्ना साथीभाइलाई बोलाएर क्वारेन्टीनमै दारुपाटी दिएका ....

घुससहित पक्राउ परेका राजश्व अनुसन्धान अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गुटखा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिक रुपमा ....

लेवलिङ नभएका खाद्य बस्तु बिक्री गर्दै सरकार

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेको सहुलियत मूल्य पसलमा स्पष्ट लेवलिङ नभएका खाद्य बस्तुहरु बिक्री वितरण भइरहेको पाइएको छ । आइतबार काठमाडौं महानगरपालिकाको ....

पूर्वसांसद पौडेलको संयोजनमा स्थानीयले गाईखुरा जाने बाटो बनाए

रामेछाप,कैलाश खत्री । रामेछापको मन्थली नगरपालिका वडा नं ८ चिसापानीको तल्लो नदि तटिय क्षेत्रमा एउटा गाउँ छ । जसको नाम हो गाईखुरा । सदरमुकाम मन्थलीबाट तामाकोसी पारी २ नं क्षेत्र ....

शिक्षामन्त्री पोखरेललाई कोभिड –१९ सङ्क्रमण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोभिड –१९ सङ्क्रमण देखिएको छ । मन्त्री पोखरेललाई पछिल्लो परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले केही ....

नेपालमा थप २०७१ जनामा कोरोना संक्रमण, १५५२ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २०७१ जनामा संक्रमण पुष्टि भएको हो ....

उखुको भुक्तानीका लागि रौतहटका किसानद्वारा संसदीय समितिलाई ज्ञापनपत्र

काठमाडौं । रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन् । आइतबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित ....