समाचार

काठमाडौंको करीब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गरिने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले उज्यालो काठमाडौँ कार्यक्रमअन्तर्गत करीब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । करीब ८० स्थानमा उच्चमात्रामा प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट ....

बाह्य शक्तिको गोटी बनेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेपछि संसद् विघटनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने बताएका छन् । आइतबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन भएको ....

दश दिनमा जम्मा चार दिन बैठक बसेर राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रियसभाको यही पुस १७ गतेदेखि शुरु भएको सातौँ अधिवेशन आइतबार अन्त्य भएको छ । राष्ट्रियसभाको आइतबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्यसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका ....

सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले घट्यो

काठमाडौं । सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । आइतबार सुनको मूल्य प्रतितोला दुई हजार ३०० रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार ....

बेलायत बस्दै आएका नेपाली गायक बद्री केसी मृत भेटिए

लण्डन । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी ....

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो,७१ प्रतिशतभन्दा बढी संक्रमणमुक्त

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या ९ करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै विश्वमा संक्रमितको संख्या ९ करोड ७७ हजार ४४६ पुगेको हो ....

प्रतिनिधिसभा पुनःस्थापनाको सम्भावना छैनः अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाको पुनःस्थापना हुने सम्भावना नरहेको बताएका छन् । नेकपाको ओली समूहको लुम्विनी प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सम्पर्क कार्यकर्ता भेलामा उनले ....

पार्टी एकताको भावना विपरीत काम गरेकाले ओलीमाथि कारवाहीः अध्यक्ष नेपाल

लहान । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि मुलुक सङ्कटमा धकेलिएको बताएका छन् । सिरहास्थित कर्जन्हा नगरपालिकाको बस्तीपुरमा शनिबार आयोजित किसान नेता जयगोविन्द साहको ३१ औंँ स्मृतिसभालाई ....

विज्ञापन गर्दा उपभोग्य वस्तुको गुणस्तरको हेक्का राख्न संचारमन्त्री गुरुङको सुझाव

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विभिन्न कम्पनीका उत्पादनको विज्ञापन गरिरहँदा ती उपभोग्य वस्तुका गुणस्तरको पक्षलाई पनि हेक्का राख्न सुझाव दिएका छन् । नेपाल विज्ञापन सङ्घ (आन) को ....

अदालतलाई प्रभावित पार्ने गरी जथाभावी नबोल्न पूर्वप्रधानन्यायाधीशहरुलाई प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन संवैधानिक भएको जिकिर गरेका छन् । राष्ट्रिय युवा संघले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई सडकबाट प्रभावित ....

इन्डोनेशियामा ५० जना भन्दा धेरै यात्रु सवार विमान उडेलगत्तै बेपत्ता

इन्डोनेशियाको राजधानी जकार्ताबाट ५० जना भन्दा धेरै यात्रु बोकेर उडेको विमान उडेलगत्तै बेपत्ता भएको छ । द श्रीविजय एयर बोइङ ७३७ विमान देशको पश्चिमी प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले ....

अदालतमा विचाराधीन मुद्दामा जुलुस निकालेर दबाब सिर्जना नगर्न देउवाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । काठमाडौँमा शनिबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले संसद विघटनको ....

‘कमरेड ओली आउनुस्, खुला मञ्चमा सँगै बसेर संविधान पढौँ’

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओली भगौडा भएको आरोप लगाएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार काठमाडौं क्षेत्र नम्बर ४ (ख) को आयोजनामा भएको विरोधसभालाई सम्बोधन ....

हवाई उडानलाई विकेन्द्रीकरण गरिने

विराटनगर । संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विराटनगरबाट लुक्ला लगायतका प्रादेशिक उडानका विषयमा विकेन्द्रीकरण गर्ने बताएका छन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा शनिबार विराटनगरमा आयोजित ....

सुक्खायामको माग धान्न टनकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याइने

काठमाडौं । सुक्खायामको बिजुली आपूर्तिलाई सहज बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्ने भएको छ । त्यसका लागि भारतबाट अनुमति प्राप्त भएको प्राधिकरणले ....