समाचार

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर, संलग्नहरुलाई कारबाही गर्न निर्देशन

काठमाडौं । संसदीय समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ ।  शुक्रबार बसेको संसदको सार्वजनिक लेखा समितिले ओम्नीमार्फत् खरिद गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकाल्दै ....

गृह मन्त्रालयद्धारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ । गृह मन्त्री रामबहादुर थापाले शुक्रबार मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई ललितपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिने निर्णय ....

नेपालमा थप ७८२ मा कोरोना पुष्टि,१६ को मृत्यु,१०२९ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा थप ७८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ७८२ जनामा संक्रमण पुष्टि भएको हो । महिला ....

आइएमई ग्रुपद्वारा सहायता रकम हस्तान्तरण

काठमाडौँ । विप्रेषण सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु-याउने प्रतिबद्धताका साथ दुई दशकअघि स्थापना भएको आएमई लिमिटेडले कोरोनाका कारण विदेशमा ज्यान गुमाएका ७९ जनाका परिवारलाई जनही रु ५० हजार प्रदान गरेको ....

देशभर चिसो बढ्यो, काठमाडौँको तापक्रम १.६ डिग्री

काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँमा आज वर्षकै न्यूनतम तापक्रम एक दशमलव छ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार काठमाडौँको न्यूनतम तापक्रम ....

राष्ट्रपति अविभावकको भूमिका निर्वाह गर्न असफलः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले लामो समयसम्म सदनलाई ....

चिसोका कारण सिरहामा एक सातामा चार जनाको मृत्यु

लहान । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया ....

जापानमा थप विहिबार एकैदिन ३,२०९ जनामा कोरोना संक्रमण पुष्टि

टोकियो । जापानमा थप विहिबार ३२०९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर १७ तारिख विहिबार एकैदिन जापानभर ३ हजार २ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख ....

उखु किसानको भुक्तानी नदिने उद्योगीलाई पक्राउ नगर्न भन्दै कसले गर्यो आपूर्ति मन्त्रीलाई फोन ?

काठमाडौं । संसदीय समितिले सात दिन भित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता ....

फ्रान्सका राष्ट्रपति म्याक्रोँलाई कोरोना संक्रमण पुष्टि

पेरिस । फ्रान्सका राष्ट्रपति एम्यान्युएल म्याक्रोँ कोरोनाभाइरसबाट संक्रमित भएका छन् । उनलाई कोरोना संक्रमण भएको बिहीबार पुष्टि गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । उनीसँगै अरु केही विशिष्ट व्यक्तिहरु पनि ....

सरकारले नागरिकलाई विदेश जान रोक लगाउन सक्ने गरी कानुनको प्रस्ताव

काठमाडौं । सरकारले नागरिकलाई विदेश जान रोक लगाउन सक्ने गरी कानुनको प्रस्ताव गरेको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफलमा रहेको अध्यागमन सम्बन्धी विधेयकमा सरकारले जोसुकैलाई विदेश जानबाट रोक लगाउन ....

सरकारद्धारा पहिलोपटक राष्ट्रिय जलश्रोत नीति-२०७७ सार्वजनिक

काठमाडौं । सरकारले पहिलोपटक राष्ट्रिय जलश्रोत नीति-२०७७ सार्वजनिक गरेको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तले बिहीबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा नीति सार्वजनिक गरेका छन् । जलश्रोतको उपयोगसँग ....

काठमाडौं उपत्यकामा भोलिदेखि सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हट्ने

काठमाडौं । शुक्रबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा लगाइएको जोर-बिजोर प्रणाली हट्ने भएको छ । भोलि बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको सरकारोवाला निकाय र विभिन्न यातायात व्यवसायी र ....

टोकियोमा विहिबार थप ८२२ जनामा जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज थप ८२२ जनामा  कोरोनाभाईरस संक्रमण पुष्टि भएको छ । डिसेम्बर १७ तारिख बिहिबार टोकियोमा एकैदिन ८२२ जनामा कोरोनाभाईरस संक्रमण पुष्टि भएको हो । जापानको राजधानी टोकियोमा ....

एकैदिन १३ हजार बढी कोरोना संक्रमितको मृत्यु,६ लाख ८० हजारमा संक्रमण

विश्वमा पाँच करोड २३ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ५ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५ ....