समाचार

टोकियोमा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन २३ मंगलबार कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ३१ जना रहेको एनएचकेले जनाएको छ । हिजो सोमबार टोकियोमा ....

डिसहोम जोडेका टिभीमा समस्या: राम्रोसँग हेर्न नपाएको गुनासो

काठमाडौं । नेपालको एक मात्र विनातार सीधै ग्राहकका घरसम्म (डिटिएच) सेवा प्रदायक भनी जिकिर गर्ने डिस होम जोडेकाहरु टेलिभिजन राम्रोसँग हेर्न नपाएको गुनासो गर्छन् । डिटिएच प्रविधिबाट गुणस्तरीय दृश्य हेर्न ....

सांसदको प्रश्नः मल, बीउ नपाएर किसानले कहिलेसम्म रुनुपर्ने हो ?

काठमाडौं । मानो रोपेर मुरी उब्जाउने समयमा मल तथा बीउ नपाएर किसान छट्पटिएकाले तत्काल मल र बीउ उपलब्ध गराउन सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा ....

मेलम्ची नगरपालिकाको नीति तथा कार्यक्रम : १ अर्ब १३ करोड विनियोजन

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले कृषि तथा पशु विकास, पर्यटन साथै पूर्वाधारमा जोड दिइएको छ । मेलम्ची नगरपालिकाको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रमका साथै बजेट मंगलबार पारित भएको छ ....

नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि,२१२४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप मंगलबार ५३८ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससागै संक्रमितको कुल संख्या १० हजार नाघेको छ । मंगलबारसम्म देशभरबाट २१२४ जना डिस्चार्ज भएका छन् ....

चार्टर उडानको नाफाबाट सुमेघद्वारा कोरोना रोकथामको लागि सरकारलाई तीस लाख सहयोग

जापान । जापानको विमान चार्टरबाट नाफा भएको ३० लाख रुपैयाँ सुमेघ टुर्स ट्राभल्सले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचारका लागि सहयोग प्रदान गरेको छ। ट्राभल्सले नेपाल सरकारद्वारा स्थापना गरेको ....

गण्डकी प्रदेशमा थप ५३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

कास्की । गण्डकी प्रदेशका थप ५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देनालयका अनुसार तनहुँमा १७ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये बन्दीपुरका ....

सूचीमा नाम परेर नेपाल नजानेले जानकारी गराउन दूतावासको अनुरोध

टोकियो । जापानबाट चार्टर उडानमा नेपाल जानै पर्ने दोश्रो सूचीमा नाम परेर नेपाल नजानेले जानकारी गराउन दूतावासले अनुरोध गरेको छ । नेपाली राज दुतावास जापानले सोमबार विशेष सुचना जारी गर्दै ....

पत्रकारलाई निकाल्ने सञ्चारगृहविरुद्ध आन्दोलन गर्नुपर्ने

काठमाडौं । कोभिड–१९ को विभिन्न बहानामा पत्रकारको पेशागत अधिकार नखोस्न सञ्चारगृहलाई विभिन्न पत्रकारका सङ्घसङ्गठनले आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को असरपछि विभिन्न सञ्चारगृहमा श्रमजीवी पत्रकारले व्यहोर्नु परिरहेको ....

तानसेनमा पहिरोले सवारी साधन बगाउँदा २ जनाको मृत्यु,उद्धार कार्य जारी

तानसेन । पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका-११ स्थित सम्मोबारी भन्ने ठाउँमा पहिरोले दुई वटा गाडी बगाएको छ । पहिरोले एउटा ट्याङ्कर र एउटा मिनीट्रक बगाउँदा दुई जनाको ....

विकास बजेटमा कमी आउँदैन : मुख्यमन्त्री पोखरेल

काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विकास बजेटमा कमी नआउने गरी प्रबन्ध गरिएको बताउनुभएको छ । प्रदेशसभामा आज राजश्व र व्ययको अनुमान बजेट वक्ततव्यमाथिको छलफलका क्रममा उठेका ....

दुबइले जुलाई ७ देखि विदेशीलाई आगमन खुला गर्ने

८ असार- दुबइले जुलाई ७ देखि विदेशी पर्यटकहरुका लागि आगमन खुला गर्ने जनाएको छ । यहाँको पत्रिका खालिज टाइम्सले सोमबार जनाएको हो । तर यसरी दुबई जाने हरेक विदेशी पर्यटकले ....

सङ्क्रमितको आँकलन गरेर भेन्टिलेटर र आइसियुको व्यवस्था

काठमाडौँ, ८ असार। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट हुने सम्भावित बिरामीको प्रक्षेपण गरेर उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सङ्क्रमणबाट हुने गम्भीर बिरामीको प्रक्षेपण गरेर मुलुकभरि एक हजार ....

टोकियोमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ५८१२ पुग्यो

जापान । टोकियोमा आज थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन २२ आइतबार आज ३ बजेसम्म कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २९ जना रहेको एनएचकेले जनाएको छ । ....

गण्डकी प्रदेश अर्को फड्को : चिकित्सा विज्ञान विषयको अध्यापन शुरु

कास्की । गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा गण्डकी ....