समाचार

नेपालमा आजमात्र ७९ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ६८२ पुग्यो

काठमाडौं । नेपालको विभिन्न जिल्लामा आज थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको संख्या ६८२ पुगेको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका ....

जापानभर आपतकाल अन्त्य भएको प्रधानमन्त्री शिन्जो आबेद्धारा घोषणा

टोकियो । जापानमा कोरोना भाइरसको संक्रमण घट्दै गएपछि करिब ४८ दिन रहेको आपतकाल जापानभर हटाइएको छ । सोमबार साँझ पत्रकार सम्मेलन गरेर जापानका प्रधानमन्त्री शिन्जो आबेले आपतकाल अन्त्य भएको घोषणा ....

हेलम्बुमा विकास योजना र बजेट भुक्तानिको काम अन्तिम चरणमा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो विकास बजेट र योजनाको काम करिब करिब अन्तिम चरणमा पुगेको जनाएको छ । गाउँपालिकाले विभिन्न योजनाको ६० प्रतिशत भुक्तानि र ९० प्रतिशत योजनाको काम सम्पन्न ....

विदेशमा समस्यामा परेका नेपालीलाई छिट्टै स्वदेश फर्काउने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई छिट्टै स्वदेश फर्काउने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई ....

टोकियोमा आज सोमबार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

टोकियो । जापानको राजधानी टोकियोमा आज सोमबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज सोमबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचके ले उल्लेख गरेको छ । ....

मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि,कोरोनाबाट मृत्यु हुने ४ पुग्यो

काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा ....

नेपालमा थप ७२ जनामा कोरोना पुष्टि,संक्रमित संख्या ६७५ पुग्यो

काठमाडौं । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ....

मुस्लिम समुदायले आज ईद मनाउँदै,देशभर सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम समुदायले  रमदान (रमजान) महिना सकिएको खुसीयालीमा एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । ईदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । हिजरी संवतको ....

नेपालमा आदिवासी जनजातिमा रानाथारू थपिए,सूचीकृत संख्या ६० पुग्यो

काठमाडौं । नेपालमा आदिवासी जनजातिहरुको सूचीमा रानाथारु पनि थपिएका छन् । रानाथारू सूचीकरणको सम्पूर्ण कानूनी प्रक्रिया पूरा भएसँगै राजपत्रमा प्रकाशित पनि भएको छ । योसँगै नेपालमा सूचीकृत आदिवासी जनजाति ६० ....

चीनदेखि नेपालका लागि कार्गो रेल : अव चाईनिज सामान आठ दिनमै काठमाडौं

काठमाडौं । चीनको सामान काठमाडौं आईपुग्न थोरै समय लाग्ने भएको छ । चीन सरकारले तातोपनी र रसुवा नजिक हुने सान्सी प्रान्तको सिआनदेखि नेपालको राजधानी काठमाडौंका लागि कार्गो रेल सेवा सुरु ....

अधिवेशनको सुरु : मुख्यमन्त्री गुरुङद्धारा प्रधानमन्त्री ओलीको प्रशंसा

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली सीमा रक्षामा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्नु भएको छ । सत्तारुढ नेकपाको स्थायी समिति सदस्य र प्रदेश इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले आफ्नो ....

कोरोनाको स्रोत पत्ता लगाउन अन्तर्राष्ट्रिय सहकार्य गर्न तयार छौं : चीन

एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यीले कोरोना भाइरसको स्रोत पत्ता लगाउन अन्तर्राष्ट्रिय सहकार्यका लागि चीन खुल्ला रहेको बताएका छन् । पछिल्लो समय कोरोना भाइरसको उत्पत्तिको विषयमा जाँच हुनुपर्ने माग उठिरहेको ....

नेपालमा थप १९ जनामा कोरोना संक्रमण,संक्रमतिको संख्या ६०३ पुग्यो

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै संक्रमतिको संख्या ६ सय ३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा १९ जना ....

राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गर्ने निर्णय

काठमाडौं । राष्ट्रियसभाले सरकारले जारी गरेको नयाँ नक्साअनुसार संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले ....

राजदूत डा.शाक्यलाई ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित

काठमाडौं । इजरायलको ७२औँ स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा त्यहाँका लागि नेपाली राजदूत डा.अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित हुनुभएको छ । विश्वका ९० देशका दूतावास रहेको इजरायलमा ‘एम्बेसडर ....